logo-img

राष्ट्रिय सभा निर्वाचन : २४ मंसिरदेखि दल दर्ता, १ पुसमा चुनाव चिन्ह प्रदान
फाइल तस्बिर

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मंसिर अन्तिम साता दल दर्ता गर्ने भएको छ । आयोगको स्वीकृत तालिकाअनुसार निर्वाचनमा भाग लिने दलहरूलाई मंसिर २४ देखि २९ गतेसम्म दल दर्ताको समय तोकिएको हो ।

राष्ट्रिय सभाका १९ सदस्य चयनका लागि ११ माघमा निर्वाचन मिति तोकेसँगै आयोगले निर्वाचन तालिका स्वीकृत गरेको हो । 

आयोगका अनुसार १ पुसमा दलहरूलाई निर्वाचन चिह्न प्रदान गरिने छ भने १६ पुसमा निर्वाचन अधिकृत नियुक्त गरिनेछ । 

त्यस्तै, २० गतदेखि २९ सम्म निर्वाचन कार्यक्रम सञ्चालन गर्ने आयोगको तयारी छ ।
 





  • प्रकाशित मिति : मंसिर १५, २०८० शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया