बन्द हुँदै छ माइक्रोसफ्ट विन्डोज सेभेन

काठमाडौं– माइक्रोसफ्ट विन्डोज सेभेन छिट्टै बन्द हुने भएको छ । माइक्रोसफ्टले विन्डोज सेभेनलाई २२ जुलाई २००८ मा रिलिज गरेको थियो । रिलिज हुनासाथ प्रयोगकर्ताले यसलाई निकै मन पराएका थिए । १० वर्षको सर्भिसपछि कम्पनीले अब यसलाई बन्द गर्ने निर्णय गरेको छ । 

हालै माइक्रोसफ्टले आफ्नो विन्डोज सेभेन प्रयोगकर्ताका लागि एक नोटिफिकेशन जारी गर्न सुरु गरेको छ । जसमा भनिएको छ ‘कम्पनी अब विन्डोज सेभेन अपरेटिंग सिस्टमको अपडेट उपलब्ध गराउनेछैन् ।’

शुक्रबार माइक्रोसफ्टले एक पोस्टमा लेखेको छ ‘१० वर्षको सेवापछि १४ जनवरी २०२० अन्तिम दिन हुन्छ, जब कम्पनी विन्डोज ७ चल्ने कम्प्युटर्सका लागि सेक्युरिटी अपडेट उपलब्ध गराउनेछ । यससँगै यो अपडेटमा विन्डोज सेभेन बन्द हुने नोटिफिकेशन रिमाइन्डर पनि दिइएको छ ।

माइक्रोसफ्टले प्रयोगकर्तालाई विन्डोज सेभेन बन्द हुने सूचना दिने निर्णय यही महिनाको सुरुमा लिएको थियो । 

भर्जमा छापिएको एक रिपोर्टका अनुसार विन्डोज १० एक सय करोड इन्स्टलेशनको नजिक पुगेको छ र विन्डोज सेभेन बन्द गरेर कम्पनी विन्डोज १० लाई राम्रोसँग प्रमोट गर्नेछ । हालै विन्डोज १० विश्वभर ८० करोड पटक इन्टल भइसकेको छ ।





  • प्रकाशित मिति : चैत १०, २०७५ आइतबार ११:४४:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया