पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
बाँसवारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचाररत रहेका गृहमन्त्री श्रेष्ठलाई भेटी उनको स्वास्थ्य अवस्थाबारे पूर्वराष्ट्रपति भण्डारीले जानकारी लिएको श्रेष्ठका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए ।
मन्त्री श्रेष्ठको यही मंसिर १९ गते मुटुमा समस्या आएपछि एन्जियोप्लास्टी सर्जरी गरिएको थियो । उनको स्वास्थ्य अवस्था सुधार भइरहेको र चाँडै नै डिस्चार्ज हुने केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।