logo-img

नेपाली कांग्रेस सुशासन र समुन्नत नेपालको मिसनमा छ : उपसभापति गुरुङ

नेपाली कांग्रेसका उपसभापति एवं कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले नेपाली कांग्रेसको मिसन सुशासन र समुन्नत नेपाल रहेको बताएका छन् । आइतबार नेपाली कांग्रेसको मुखपत्र नेपाल पुकारको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित कार्यक्रममा उनले नेपालको राजनीतिमा सुशासनको खडेरी परेको उल्लेख गरे । अहिले केही राजनीतिक दलहरू मिसन २०८४ भनेर हिँडिरहेको भएपनि कांग्रेसको मिसन सुशासन र समुन्नत नेपाल रहेको बताए । उनले कांग्रेसले पार्टीलाई विचार प्रधान बनाएर लैजानुपर्ने बताए । उनले चुनावमा मलाई जिताइदिनुस् भन्ने मिसन बोक्दा देश बिग्रिएको बताए । 



उनले भने, ‘आज नेपालको राजनीतिमा सुशासनको खडेरी परेको छ । त्यस कारणले गर्दा अब नेपाललाई फेरि सुशासनमा पुर्याउन, सुशासनको रोडम्यापमा ल्याउन जरुरी छ । आज हामी एक प्रकारले दिक्क पनि भइसकेका छौँ । जति सफा गर्न खोज्यो उति नै फोहोर, जति फाइल खोल्दै गयो, उति नै फोहोरमात्र देखिन्छ, अफ्ठ्यारो छ नि । त्यसकारले गर्दा पनि नेपाली काँग्रेसले लिने बाटोको सन्दर्भमा सुशासन नै हो ।’

उपसभापति गुरुङले नेपाली राजनीति, संसदीय पद्धतिमा र बहुदलमा एउटा पार्टीको नेताले अर्को पार्टीको नेतालाई गाली गरेर बस्ने डरलाग्दो परिपाटी देखिएको बताए ।  





  • प्रकाशित मिति : मंसिर २४, २०८० आइतबार १७:४०:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया