logo-img

कांग्रेस महासमिति बैठक सार्ने कुरा भएको छैन : उपसभापति गुरुङ
फाइल तस्बिर

नेपाली कांग्रेसका उपसभापति एवं कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राष्ट्रिय सभा निर्वाचनमा अवसर नपाएकाहरूलाई उम्मेदवार बनाउनुपर्ने बताएका छन् । 

बुधबार काठमाडौंमा नेता डा. शेखर कोइराला—महामन्त्री गगनकुमार थापा समूहको बैठकमा सहभागी भइ बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले राष्ट्रिय सभाको विषय पनि एजेण्डाको रुपमा आएको र न्यायोचित व्यवस्थापन हुनुपर्ने आवाज उठेको बताए । 



उनले भने, ‘राष्ट्रिय सभाको विषय पनि एजेण्डाको रुपमा आएको छ । त्यसमा न्यायोचित हुनुपर्छ, घरिघरि अवसर पाउनेहरुले नै अवसर पाउनु हुन्न भन्ने आवाज उठिरहेको छ । सारभुत रुपमा पार्टी एक छ । महासमिति बैठक आधिकारिक रुपमा सार्ने भन्नेकुरा आएको छैन । महासमितिमा केके एजेण्डामा छलफल गर्न सकिन्छ भनेर बैठक बसेका हौँ ।’

उपसभापति गुरुङले महासमिति बैठक आधिकारिक रुपमा सार्ने कुरा पार्टीबाट नभएको बताए । 





  • प्रकाशित मिति : मंसिर २७, २०८० बुधबार १८:२:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया