‘कांग्रेसकाेआधिकारिक लाइन– संघीयता, गणतन्त्र र धर्म निरपेक्षता’

झापा– नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले संघीयता, गणतन्त्र र धर्म निरपेक्षताको विषयमा महाधिवेशनले पारित गरेको दृष्टिकोण नै पार्टीको आधिकारिक ‘लाइन’ भएको बताएका छन् । 

नेपाल प्रेस युनियनले झापाको बिर्तामोडमा मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टीका विभिन्न नेताले महाधिवेशनको लाइनविपरीत बोलेको र त्यो उनीहरूको निजी विचार भएको स्पष्ट पारे । 

‘नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले आफ्नो अलग्गै धारणा राख्न पाउने नेताको पनि अधिकार हो,’ उनले भने, ‘तर पार्टीको आधिकारिक धारणा के हो भनेर प्रश्न उठ्यो भने कुनै अलमलमा पर्न जरुरी छैन, महाधिवेशनले जे भनेको छ, त्यही हो पार्टीको धारणा !’ 

पत्रकारले सोधेको प्रश्नको जवाफमा पूर्वमहामन्त्री सिंहले सत्तासँग असन्तुष्ट विप्लव समूहलाई वार्तामा ल्याउनेसमेत औकात अहिलेको सरकारसँग नभएको टिप्पणी गरे ।

नेपाली कांग्रेसको नेतृत्वमा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सशस्त्र संघर्षमा रहेको तत्कालीन विद्रोही माओवादीलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याएको स्मरण गर्दै उनले अविलम्ब विप्लव समूहलाई वार्तामा ल्याउन र सम्झाउन सरकारसँग आग्रह गरे । 





  • प्रकाशित मिति : चैत ११, २०७५ साेमबार १४:१३:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया