विप्लव नेकपाका भेरी–कर्णाली बुद्विजीवी परिषद् इन्चार्ज धनराज शाही पक्राउ

काठमाडौं– सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)माथि निगरानी बढाएसँगै एकपछि अर्का नेता पक्राउ परिरहेका छन् ।

शनिबार सो पार्टीका मध्यकमान्ड इन्चार्ज हेमन्तप्रकाश वली सुदर्शनसहित नौजना नेता–कार्यकर्ता पक्राउ परेको पर्सिपल्टै कोशी ब्युरो संयोजक घनश्याम श्रेष्ठ (पुष्कर) पक्राउ परे । 

श्रेष्ठ पक्राउ परेको १२ घण्टा नबित्दै पुन: प्रहरीले सो पार्टीका भेरी–कर्णाली बुद्विजीवी परिषद्का इन्चार्ज धनराज शाहीलाई पक्राउ गरेको छ । शाही कालिकोटबाट पक्राउमा परेका हुन् ।  

विप्लव समूहका कालिकोटका जनसरकार प्रमुखसमेत रहेका शाहीलाई मोल्पा भन्ने ठाउँबाट पक्राउ गरी जिप्रका लगिएको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । 





  • प्रकाशित मिति : चैत ११, २०७५ साेमबार १७:१५:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया