बेलायतमा बदलिँदै छ शिक्षा नीति, नेपाली विद्यार्थीलाई हुनेछ फाइदा

एजेन्सी— बेलायत सरकारले इयुबाट छुट्टिएपछि विभिन्न क्षेत्रमा नयाँ नीति ल्याउने घोषणा गरेको छ । शनिबार उसले अन्तर्राष्ट्रिय शिक्षा रणनीतिको पनि घोषणा गरेको छ जसमा शिक्षा तथा भिसा प्रक्रियामा व्यापक सुधार हुने उसले जनाएको छ । यसले नेपाली विद्यार्थीलाई फाइदा पुग्नेछ । 

किनकि उसले शनिबार सार्वजनिक गरेको नयाँ शिक्षा नीतिको लक्ष्य बेलायतमा उच्च शिक्षाका लागि आउने विदेशी विद्यार्थीको संख्या बढाउने प्रमुख छ ।

अहिले बेलायतमा विदेशी विद्यार्थीको संख्या ४ लाख ६० हजारको हाराहारीमा छ । अब सन् २०३० सम्म यो संख्या बढाएर ६ लाख पुर्याउने लक्ष्य बेलायतले लिएको छ । नेपाली विद्यार्थीलाई पढाइपछि पनि काम पाउनु आकर्षणको विषय बनेको छ । बेलायतले यो नीतिमा पनि परिवर्तन ल्याउने प्रयास गरिरहेको छ । 

अहिले बेलायतमा युरोपेली युनियनका देशका सबैभन्दा बढी विद्यार्थी छन् । त्यसपछि चीनका र तेस्रो नम्बरमा भारतका विद्यार्थी त्यहाँ बढी छन् । अब त्यहाँको सरकारले ल्याएको नयाँ नीतिमा अध्ययनपछि बेलायतमा काम खोज्न छ महिना समय दिइने छ । यो नीति सन् २०२० देखि लागु हुने बेलायती सन्चारमाध्यमले जनाएका छन् । 





  • प्रकाशित मिति : चैत ११, २०७५ साेमबार २१:५५:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया