logo-img

संसद् सुचारु हुन ढिलो भए अध्यादेशमार्फत संघीय निजामती ऐन ल्याउँछौँ : मन्त्री गुरुङ
फाइल फाेटाे

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री एवं नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले संसद् सुचारु हुन ढिलो भए अध्यादेशमार्फत संघीय निजामती ऐन ल्याउने बताएका छन् । 

शनिबार पार्टीको बागमती प्रदेशस्तरीय प्रथम प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले संसद् सञ्चालन हुन ढिलो भए अध्यादेशमार्फत संघीय निजामती ऐन ल्याउने बताएका हुन् । उनले संघीय प्रहरी ऐन, संघीय कर्मचारी ऐन र शिक्षा विधेयकहरू संसद् सञ्चालन हुन ढिलो भए अध्यादेशमार्फत ल्याउने बताए । मन्त्री गुरुङले स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन छिटै संघीय कानुनहरू पारित गर्ने तयारीमा रहेको बताए ।



उनले भने, ‘महत्त्वपूर्ण ऐन, कानुन, शिक्षा विधेयक, जसले संघीयता कार्यान्वयनको एउटा पाटो हो, मिनी संसदमा विचाराधीन छ , संघीय कर्मचारी ऐन अर्को पाटो हो भने संघीय प्रहरी ऐन अर्को पाटो हो । हामी छिटो भन्दा छिटो सके छिटै संसद् बस्ने भयो भने संसदबाटै यि विधेयक पारित गरेर ल्याउँला, कार्यान्वयन गरौँला । यदी संसद् १५–२० दिन ढिला हुने भयो भने अर्को बाटो पनि हामीले अवलम्बन गर्न सक्छौँ । कानुन लिएर आउने अर्को बाटोमा पनि जान सक्छौँ । जसरी पनि महत्त्वपूर्ण ऐनहरू लिएर आउने हो, कार्यान्वयन गर्ने हो र हाम्रो श्रद्धेय सभापतिले भनेझैँ झण्डा मात्रै बोकेर हिँडेको प्रदेशलाई दण्ड पनि दिइ हाल्ने हो ।’

उपसभापति गुरुङले कांग्रेसको आनीबानी र व्यवहारमा सुदृढ गर्न आवश्यक रहेको बताए ।  





  • प्रकाशित मिति : पुस ७, २०८० शनिबार १४:३९:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया