नेपालमा कोरोना भाइरसको पुरानै ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जिन सिक्वेन्सिङ गर्दा साे भेरियन्ट पुष्टि भएको हाे ।
सीमा नाकामा १४ नमुनाको जिन सिक्वेन्सिङ गर्दा कोरोनाको नयाँ भेरियन्ट पुष्टि नभएको प्रयोगशालाका निर्देशक डा. रञ्जनराज भट्टले जानकारी दिए । उनका अनुसार सीमा नाकामा नोभेम्बर महिनामा संकलन गरिएका नमुनाको जिन सिक्वेन्सिङ गरिएको हो ।
संकलन गरिएका नमुनाको जिन सिक्वेन्सिङ गर्दा कोरोना भाइरसको पुरानो भेरियन्ट ओमिक्रोन पुष्टि भएको उनले जानकारी दिए ।
बेलायत, चीनलगायत धेरै देशहरूमा कोभिडको नयाँ सब भेरियन्ट ‘जेएन डट वान’ पछिल्लो एक महिनायता विश्वभर तीव्र रूपमा फैलिरहेको छ । भारतमा पनि कोरोनाका बिरामी दिनप्रतिदिन बढिरहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।