logo-img

प्रिमियर लिगमा आज टोटनहम र ब्राइटन भिड्दै

इंग्लिस प्रिमियर लिग फुटबलमा आज ब्राइटन र टोटनहम भिड्दै छन् । एक्सप्रेस कम्युनिटी स्टेडियममा खेलाइने खेल नेपाली समयअनुसार राति सवा १ बजे सुरु हुनेछ ।

टोटनहम अहिले प्रिमियर लिग तालिकाको पाँचौं स्थानमा रहँदा ब्राइटन नवौं स्थानमा रहेको छ । ब्राइटनले पछिल्ला खेलमा जित निकाल्न सकेको छैन भने टोटनहमले लगातार जित निकाल्दै आएको छ ।

ब्राइटनले आफ्नो पछिल्लो खलमा एभर्टनलाई २–१ गोल अन्तरले पराजित गरेको थियो । टोटनहम ३६ अंकका साथ पाँचौं स्थानमा रहेको छ । शीर्ष स्थानमा रहेको लिभरपुलभन्दा ६ अंकले पछि रहेको छ । यस्तो अवस्थामा टोटनहम जित निकाल्दै तालिका सुधार गर्ने लक्ष्यमा हुने छ ।

उता ब्राइटनले भने पछिल्लो खेलमा क्रिष्टल प्यालेससँग खेल्दै अंक बाँडेको थियो । ब्राइटन अहिले २७ अंकका साथ नवौं  स्थानमा रहेकाले तालिकामा स्थान सुधार गर्नका लागि स्पष्ट जित निकाल्दै ३ अंक थप्नु पर्नेछ ।

टोटनहम लागि सन ह्युंग मिनको प्रदर्शनमा बढी भर पर्ने छ भने ब्राइटनले इवान फग्र्युसन र जोआओ पेड्रोमा भरपर्ने छन् । अमेरिकन एक्सप्रेस कम्युनिटी स्टेडियममा ब्राइटनले ९ खेल खेल्दा यो सिजन ४ मा जित र ४ मा बराबरी गर्दा एक खेलमा मात्रै हारको सामना गरेको छ ।





  • प्रकाशित मिति : पुस १२, २०८० बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया