इंग्लिस प्रिमियर लिगअन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले युनाइटेड नटिङ्घमसँग २–१ गोल अन्त्रले पराजित भएको छ ।
नटिङ्घमको जितमा निकोलस डोमिनगेज र मोर्गन गिब्स ह्वाइटले समान एक गोल गरे । युनाइटेडका लागि मार्कस रासफोर्डले एक गोल फर्काए ।
खेलमा ६४ औं मिनेटमा निकोलस डोमिनगेजको गोलमा नटिङ्घमले सुरुवाती अग्रता लिएको थियो । ७८ औं मिनेटमा मार्कस रासफोर्डले बराबरी गोल फर्काए । तर, ८२ औं मिनेटमा मोर्गन गिब्स ह्वाइटले गोल गर्दै नटिङ्घमलाई २–१ को जित दिलाए ।
म्यानचेस्टर युनाइटेडको यो नवौँ हार हो । उसले २० खेलमा २० अंक जोडेको छ । १५ औँ स्थानको नटिङ्घमको समान खेलबाट ३१ अंक रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।