काठमाडौं– प्राविधिक समस्या आएपछि बुधबार नेपाल स्टक एक्सचेन्जको सेयर कारोबारमा समस्या आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार अपराहन १ः४२ देखि सेयर कारोबारमा समस्या देखिएको हो ।
स्टकका प्रवक्ता मुराहरि पारजुलीले प्राविधिक समस्याका कारण कारोबारमा समस्या आएको बताए । उनले थापाथलीमा रहेको ‘डेटा हब’मा समस्या आएको जानकारी दिए ।
कालिका सेक्युरिटिजका प्रमुख नरेन्द्र सिजापतिले प्राविधिक समस्याका कारण सेयर खरिद–बिक्री गर्न नसकिएको जानकारी दिए । उनले पनि सफ्टवेयरका कारण कारोबारमा उल्झन देखिएको गुनासो गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।