अभिनेता विराज भट्टका छोरा समीरले नेपाली चलचित्रमा डेब्यू गर्ने भएका छन् । सीमरले ‘१२ गाउँ’बाट डेब्यू गर्न लागेका विराजले सामाजिक सञ्जालमार्फत जनाएका छन् ।
‘१२ गाउँ’ विराजले नै निर्देशन तथा निर्माण गर्न लागेका हुन् । फिल्म डेब्यूका लागि समीरले भारतको मुम्बईमा दशकदेखि अभिनय, मार्सल आर्ट्, जिम र जिम्न्यास्टिकको प्रशिक्षण लिइरहेका छन् ।
व्यवस्थापन विषयमा स्नातक गरेका समीरले अभिनयकै लागि यो ज्यान बनाएको जनाइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।