logo-img

नेपाली गीत कुटुमा कुटु...जसले जित्यो २० करोड मानिसको मुटु
नेपालको जनसंख्या तीन करोड, गीतको भ्युज २० करोड

संसारले डिजिटल युगमा निकै ठूलो फड्को मारिसकेको छ । आज हरेक कारोबार डिजिटल हुँदै गएको छ । झन् सामाजिक सञ्जालको त कुरै नगरौँ, हिजो आज सामाजिक सञ्जाल हरेक कुरालाई तौल्ने तराजुजस्तै बनेको छ । यस्तैमध्येको एक प्लेटफर्म हो, युट्युब ।

हिजोआज युटयुब गीतसंगीत मात्र होइन, हरेक भिडियोको लोकप्रियता तौल्ने साधन बनेको छ । अहिलेको परिस्थितिमा हेर्ने हो भने बच्चादेखि वृद्धा सबैको साथीजस्तो बन्न पुगेको छ । युट्युब मनोरञ्जन दुनियाँमा अधिकांशको साथी बनेको छ । युट्युबले विभिन्न क्षेत्रमा सहयोग पुर्याएको छ । युट्युब भ्लगर, युट्युब गेमर हुँदाहुँदै हलमा दर्शक तान्न नसकेको फिल्मले पनि युट्युबमार्फत ५० लाख भ्युज पाएको पनि उदाहरण छ ।  

त्यस्तै, ‘युट्युब युग’ सुरु भएयता सबैभन्दा धेरै हेरिने नेपाली गीतको रेकर्ड बनाउन सफल भएको छ, नेपाली चलचित्र ‘२ रुपैयाँ’ समावेश गीत कुटुमा कुटु’ । यो गीतले युट्युबमा २० करोड भ्युजको अर्को कीर्तिमानी बनाएको छ । यो गीत चलेसँगै कुनै सार्वजनिक कार्यक्रम, बिहे बटुलमा नघन्किएको त सायदै रेकर्ड होला । पिकनिकमा होस् या पार्टीमा बुढाबुढ़ीदेखि स्कूले बच्चासम्म पनि यही गीतमा कम्मर भाँच्न बढ़ी रुचाउँछन् । 



भारत, पाकिस्तान र बंगलादेशमा पनि चर्चित 

उक्त गीत नेपाल मात्र होइन, भारत, पाकिस्तान, बंगलादेशलगायत देशमा पनि चर्चामा छ । यही गीतका कारण सो फिल्मकी अभिनेत्री स्वस्तिमा खड्का ठूलो वर्गमा चिनिन सफल भएकी छिन् । उनले यो गीतलाई आफ्नो करिअरको टर्निङ पोइन्ट मान्ने गरेकी छन् । 

गीतले २० करोड भ्युज प्राप्त गरेपछि संगीतकार राजनराजले फेसबुकमा लामो स्टाटस लेख्दै ‘बिर्कोमा लाको चिनीमा कसरी पस्यो कमिलो’ लेख्दा आफ्नो हात कामेको स्मरण गरेका छन् । तर, पछि यही लाइन चर्चित बनेकोमा खुसी व्यक्त गर्दै उनले ५ मिनेटको गीतमा अन्न, फलफूल, बनस्पती, चराचुरुंगी, जनावर, धर्मसँगै धूम्रपान र मद्यपान गर्नुहुँदैन भन्ने सन्देशसम्म दिन सकेको बताएका छन् ।

गीतमा राजनराज सिवाकोटीको शब्द र संगीत छ भने गायनमा उनलाई राजन इसान र मेलिना राईले सघाएका छन् । तीन करोड जनसंख्या रहेको देशमा एउटै गीतलाई २० करोडपटक हेरिनु चानचुने उपलब्धि भने होइन ।



  • प्रकाशित मिति : पुस २९, २०८० आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया