धनुषाको प्रसिद्ध धार्मिकस्थल धनुषाधाममा एक महिने मकर मेला सुरु भएको छ । हरेक वर्ष माघ महिनाको प्रत्येक आइतबार र मंगलबार उक्त मेला लाग्छ ।
धनुषाको उत्तर–पूर्वी क्षेत्रमा ऐतिहासिक, धार्मिक एवं पौराणिक महत्व बोकेको धनुषाधामको मकर मेला भर्न नेपालसहित सीमावर्ती भारतका विभिन्न स्थानबाट ठूलो सङ्ख्यामा भक्तजन आउने गरेका स्थानीय नित्यानद मण्डलले बताए ।
त्रेतायुगमा राजा जनकले छोरी सीताको विवाहका लागि आयोजना गरेको स्वंयम्बरमा भगवान् रामले भाँचेको धनुषको एक टुक्रा आकाश, अर्को पाताल र धनुषको मध्य टुक्रा धनुषाधाममा झरेको धार्मिक मान्यता रहिआएको छ ।
यहाँ धनुषबाबाको मन्दिर निर्माण गरिएको छ । जनकपुरधामबाट करिब १९ किलोमिटर उत्तर–पूर्वमा धनुषाधाम अवस्थित छ । रासस
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।