अभिनेता प्रदीप खड्काले चलचित्र विकास बोर्डलाई तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत राख्दा प्रोपोगाण्डाको विषयका रूपमा मात्रै हेरिनसक्ने आशंका व्यक्त गरेका छन् ।
मंगलबार निफ २०२४ बारे जानकारी दिन काठमाडौंमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । फिल्म क्षेत्रलाई सञ्चार मन्त्रालयअन्तर्गत राख्दा आफूलाई चलचित्र कम्युनिकेसनको माध्यम बढी हो वा संस्कृति तथा पर्यटनको क्षेत्र बढी हो भन्ने उत्सुकता रहेको बताए । उनले प्रचारका लागि चलचित्रको भूमिका महत्वपूर्ण रहेको दाबी गरे ।
‘चलचित्रले प्रचारको एकदमै ठूलो भूमिका खेलेको छ । पर्यटन प्रवद्र्धनका लागि पनि यसले धेरै नै काम गरेको छ । तर, फिल्म सञ्चार मन्त्रालयअन्तर्गत गएर बसेको छ । कम्युनिकेसनको माध्यम बढी हो वा कल्चरको हो वा पर्यटनको हो यसमा उत्सुकता बढी भएको छ मलाई । नेपालमा हामी फिल्मलाई किन आकर्षित गरिरहेका छैनौँ ? किन मेकिङ, फिल्म टुरिजमको विशेषतालाई वा महत्वलाई किन बुझिरहेका छैनौँ । वा फिल्मलाई कल्चरको पाटो हो भनेर किन प्रवद्र्धन गर्न सकिरहेका छैनौँ । सञ्चार मन्त्रालयअन्तर्गत बोर्ड हुँदा के थाहा यसलाई प्रोपोगाण्डाको विषयका रूपमा मात्रै हेरिएको छ कि ?’
अभिनेता खड्काले नेपालमा चलचित्र छायांकनका लागि विदेशीहरूलाई आकर्षित गर्न नसकिएको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।