धमाधम पक्राउ पर्दै विप्लवका नेता—कार्यकर्ता, काठमाडौंमा सबैभन्दा बढी पक्राउ

काठमाडौं— सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्तालाई पक्राउ गर्ने नीतिलाई अझ तीव्र रुपमा अगाडि बढाउने भएको छ । गृहमन्त्रालयका एक अधिकारीका अनुसार सरकारले प्रहरीलाई विप्लव समूहका नेता कार्यकर्ता पक्राउ गर्न अझ बढी लाग्न निर्देशन दिएको छ । 

ललितपुरमा एनसेन कार्यालयमा भएको विस्फोट र सरकारले विप्लव समूहमाथि लगाएको प्रतिबन्धपछि विप्लव समूहका एक सय ८० भन्दा धेरै नेता कार्यकर्ता पक्राउ परेका छन् । 

फितलो रुपमा सूचना चुहाउने गरेको र पक्राउ परेका नेता कार्यकर्ताले संयम नपनाउँदा छोटो समयमा यति धेरै नेता कार्यकर्ता पक्राउ गर्न प्रहरी सफल भएको गृहमन्त्रालयको बुझाइ छ ।

शनिबार नेपाल बन्दको घोषणा गरेको विप्लवप्रति सरकार थप आक्रामक हुने भएकाले विप्लव समूहले नेपाल बन्दको कार्यक्रम पनि फिर्ता लिएको सरकारी बुझाइ छ । 

यसबीच काठमाडौंबाट मात्रै विप्लवका नेता कार्यकर्ता २२ जना पक्राउ परिसकेका छन् । दोस्रो ठूलो संख्यामा सिन्धुपाल्चोकबाट पक्राउ परेका छन् । सिन्धुपाल्चोकबाट विप्लवका नेता कार्यकर्ता १७ जना पक्राउ परेको प्रहरीले गृहमन्त्रालयमा रिपोर्टिङ गरेको छ । 

पक्राउ परेका अधिकांश सबैलाई सम्बन्धित जिल्ला अदालतहरुमा पेश गरिएको छ । पक्राउ पर्नेमा स्थायी समिति सदस्य देखि लिएर पोलिटब्यूरो सदस्य, केन्द्रीय नेताहरु पनि छन् । 





  • प्रकाशित मिति : चैत १४, २०७५ बिहीबार ९:३३:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया