प्रदेश २ भर विज्ञान विषयको परीक्षा रद्द, २२ गते फेरि परीक्षा लिइने

काठमाडौं– परीक्षाअघि नै प्रश्नपत्र बाहिरिएको पाइएपछि प्रदेश २ का ८ जिल्लामा आज भएको विज्ञान विषयको परीक्षा रद्द गरिएको छ ।

हिँजो राति नै भाइबर, इमो, ह्वाट्सएपलगायत प्लेटफर्मबाट आजको परीक्षाको प्रश्नपत्र बाहिरिएको थियो । प्रश्नपत्र सप्तरीबाट बाहिरिएको हो । आजको परीक्षा सकिएपछि जिल्ल परीक्षा समन्वय समितिले जिल्लाको परीक्षा रद्द गर्ने निर्णय गरेको थियो ।

प्रदेशभरि एउटै प्रश्नपत्र हुने भएकाले त्यसलगत्तै प्रदेश परीक्षा समितिले प्रदेश २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, बारा, पर्सा, रौतहट र सर्लाही जिल्लाकै परीक्षा रद्द गर्ने निर्णय गर्यो । 

रद्द भएको परीक्षा चैत २२ गते सञ्चालन गरिनेछ ।





  • प्रकाशित मिति : चैत १४, २०७५ बिहीबार १४:५:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया