इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल सानदार जितका साथ तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा आर्सनलले क्रिस्टल प्यालेसमाथि ५–० गोलको एकतर्फी जित निकालेको हो ।
आर्सनललाई जिताउन ग्याब्रिएल मार्टिनेलीले २ गोल गर्दा लियोनार्दो ट्रोसान्ड र गेब्रियल मेगहेल्सले एक/एक गोल गरे । एक गोल भने उपहार पाएको थियो । ११ औं मिनेटमा गेब्रियल मेगहेल्सले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।
३७ औं मिनेटमा क्रिस्टलका डिन हेन्डरसनले आफ्नै पोस्टमा गोल गरेपछि आर्सनल २–० ले अघि बढेको थियो । ट्रोसान्डले ५९ औं मिनेटमा टिमका लागि तेस्रो गोल गरेका थिए । अतिरिक्त समयको चौथो र पाँचौं मिनेटमा ग्याब्रिएल मार्टिनेलीले लगातार २ गोल गरेपछि आर्सनल ५–० को फराकिलो जित निकाल्न सफल भयो ।
जितपछि आर्सनल ४३ अंकका साथ तालिकाको तेस्रो स्थानमा उक्लिन सफल भयो । समान ४३ अंक भएको एस्टन भिल्ला चौथो स्थानमा झरेको छ भने दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको पनि ४३ नै अंक रहेको छ ।
लिभरपुल भने ४५ अंकका साथ शीर्ष स्थानमा छ । आर्सनलसँग पराजित भएको क्रिस्टल प्यालेस भने १४ औँ स्थानमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।