विज्ञानदेव पाण्डे सेनाको प्रवक्तामा नियुक्त

काठमाडौं– नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायकरथी विज्ञानदेव पाण्डेले पाएका छन् । सैनिक मुख्यालय जंगीअड्डाले पाण्डेलाई सैनिक जनसम्पर्क तथा सूचना निर्देशकको जिम्मेवारी प्रदान गरेको हो ।

वर्तमान प्रवक्ता यामप्रसाद ढकालको पूर्वीपृतनाअन्तर्गत धनकुटाको हिलेस्थित २ नम्बर बाहिनीको बाहिनीपतिमा सरुवा भएपछि दाङस्थित १९ नम्बर बाहिनीका बाहिनीपति सहायकरथी पाण्डेलाई सो जिम्मेवारी दिइएको हो । उनले केही दिनपछि मात्र जिम्मेवारी सम्हाल्नेछन् । 

करिब तीन महिना नेपाली सेनाको प्रवक्ताका रुपमा काम गरका सहायकरथी ढकाल पनि केही दिनपछि मात्रै आफ्नो कमान्ड बुझ्न हिलेस्थित २ नम्बर बाहिनीतर्फ जानेछन् । 

बाहिनीपतिको जिम्मेवारी लिएपछि मात्रै सहायकरथीभन्दा माथिल्ला तहमा पदोन्नति पाइने व्यवस्था नेपाली सेनामा छ । 





  • प्रकाशित मिति : चैत १४, २०७५ बिहीबार १४:२६:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया