राष्ट्रिय महिला भलिबल : उपाधिका लागि आयोजक एपिएफ र न्यु डाइमन्ड भिड्ने

काठमाडौं– सातौँ संस्करणको सशस्त्र प्रहरी बल महानिरीक्षक महिला राष्ट्रिय खुला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपिएफ) र न्यु डाइमन्ड एकेडेमी विजयी भएका छन् । 

विभागीय टोली एपिएफले नेपाल पुलिस क्लबलाई पराजित गर्दै फाइनल यात्रा तय गर्यो भने न्यु डाइमन्ड आर्मीलाई पराजित गर्दै फाइलनमा प्रवेश गर्यो । अब भोलि हुने उपाधि भिडन्तमा आयोजक एपिएफ र न्यु डाइमन्ड भिड्नेछन् । 

हल्चोकस्थित एपिएफको भलिबल कोर्टमा भएको सेमिफाइनल खेलमा एपिएफले नेपाल पुलिस क्लबलाई ३–१ सेटमा पराजित गर्दै विजयी भएको थियो । एपिएफले पुलिसलाई २५–२३, २५–१७, १८–२५ र २५–१२ को सेटमा पराजित गरेको हो । 

त्यसैगरी, सोही मैदानमा भएको अर्को खेलमा न्यु डायमन्ड एकेडेमीले त्रिभुवन आर्मी क्लबलाई पनि ३–१ सेटले पराजित गरेको हो । न्यु डायमन्डले त्रिभुवन आर्मी क्लबलाई २५–२३, २३–२५, २५–२१ र २५–२० को सेटमा पराजित गर्यो । 

त्यसैगरी, तेस्रो स्थानको लागि दुई विभागीय टोली पुलिस र आर्मी भिड्नेछन् । प्रतियोगिताको विजेता टोलीले दुई लाख ५० हजार तथा उपविजेताले एक लाख २५ हजार पाउनेछन् । त्यस्तै तेस्रो हुने टोलीले ५० हजार प्राप्त गर्नेछ । 





  • प्रकाशित मिति : चैत १४, २०७५ बिहीबार १८:२२:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया