आज भएको राष्ट्रिय सभा निर्वाचनमा अन्य प्रदेशहरूमा जित निकालिरहेको सत्ता गठबन्धनले कोशीमा हार बेहोरेको छ । कोशीमा सत्ता गठबन्धनको उम्मेदवारलाई हराउँदै एमालेकी रुक्मिणी कोइराला राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी हुन् ।
कोइरालाले माओवादी केन्द्रकी उम्मेदवार चम्पादेवी कार्कीलाई करिब १०० मतभारले पराजित गर्दै राष्ट्रिय सभा निर्वाचनमा एमालेको ‘साख’ जोगाउन सफल भएकी हुन् ।
एमाले र राप्रपाको समर्थन पाएकी कोइरालाले ५ हजार ८६ मतभार पाइन् भने कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थन पाएकी चम्पादेवी कार्कीले ४ हजार ९९२ मतभार पाइन् ।
कोशीमा सत्ता गठबन्धन भन्दा एमाले–राप्रपा गठबन्धन ७९४ मतान्तरले पछाडि थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।