राष्ट्रिय सभामा निर्वाचनमा गण्डकी प्रदेशबाट गठबन्धनका तीन जना उम्मेदवार विजयी भएका छन् । प्रदेशमा रिक्त तीन सिटका लागि बिहीबार भएको मतदानमा कांग्रेसका किरणबाबु श्रेष्ठ र पदमबहादुर परियार र माओवादी केन्द्रकी मनरुपा शर्मा विजयी भएका हुन् ।
श्रेष्ठले ३ हजार ८ सय ८ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका चक्रबहादुर पराजुलीले २ हजार ४ सय ७७ मत पाए । त्यस्तै, कांग्रेसका परियारले ३ हजार ७ सय ७९ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी एमालेका हेमन्द्र शेरचनले २ हजार ४ सय ५८ मत ल्याए ।
त्यसैगरी, माओवादी केन्द्रकी शर्मा ३ हजार ६ सय ६० मत ल्याएर विजयी भइन् । उनकी निकटतम प्रतिस्पर्धी एमालेकी सम्झना देवकोटाले २ हजार ५ सय ५३ मत पाइन् । गण्डकीमा राष्ट्रिय सभाको रिक्त ३ क्लस्टरका लागि गठबन्धनका ३, एमालेका ३ र राप्रपाका २ सहित ८ जना उम्मेदवार चुनावी मैदानमा थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।