७ माघ, २०८२ बुधबार
Jan. 21, 2026

राष्ट्रिय सभा : को-को बाहिरिँदै, को-को भित्रिए ? (सूचीसहित)

फागुन २० मा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासहित २० जना सांसदहरुको पदावधि सकिने भएपछि उनीहरूको स्थानमा नयाँ सांसद निर्वाचित भइसको छन् । संविधानअनुसार पदावधि सकिनुभन्दा एक महिनाअघि रिक्त हुने पदका लागि निर्वाचन भइसक्नुपर्ने भएकाले निर्वाचन आयोगले राष्ट्रिय सभामा उनीहरूको म्याद सकिनुभन्दा ४० दिनअघि नै निर्वाचन सम्पन्न गरेको हो । 

राष्ट्रिय सभामा पदावधि सकिन लागेका २० जनामध्ये एमालेबाट अध्यक्ष तिमिल्सिनासहित नौजना छन् । त्यस्तै कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जनाको पदावधि सो मितिमा सकिँदै छ । 



पदावधि सकिन लागेकामा एमालेबाट अध्यक्षसमेत रहेका गणेश तिमिल्सिना, प्रमुख सचेतक भैरवसुन्दर श्रेष्ठ, इन्दु कडरिया, कुमार दसौँदी, दीपा गुरुङ, दिलकुमारी रावल थापा ९पार्वती०, नरपति लुवार, रामचन्द्र राई र विमला राई पौड्याल रहेका छन् । 

त्यस्तै, नेपाली कांग्रेसको तर्फबाट रमेशजंग रायमाझी, अनिता देवकोटा, प्रकाश पन्थ र जितेन्द्रनारायण देव छन् । 



माओवादी केन्द्रबाट विना पोखरेल, महेशकुमार महरा, हरिराम चौधरी तथा एकीकृत समाजवादीका तर्फबाट नन्दा चपाईं, सिंगबहादुर विश्वकर्मा र जसपाकी प्रमिलाकुमारी यादव रहेका छन् । 

स्वतन्त्र सदस्य खिमलाल देवकोटाको पनि यही समयमा पदावधि सकिँदै छ ।

यी हुन् पदावधि सकिन लागेका सांसद 

गणेशप्रसाद तिमिल्सिना
भैरवसुन्दर श्रेष्ठ 
इन्दु कडरिया 
कुमार दसौँदी 
दीपा गुरुङ 
दिलकुमारी रावल थापा (पार्वती) 
नरपति लुवार 
रामचन्द्र राई 
विमला राई पौड्याल
रमेशजंग रायमाझी 
अनिता देवकोटा 
प्रकाश पन्थ  
जितेन्द्रनारायण देव
विना पोखरेल 
महेशकुमार महरा 
हरिराम चौधरी 
नन्दा चपाईं 
सिंगबहादुर विश्वकर्मा 
प्रमिलाकुमारी यादव 
खिमलाल देवकोटा



उनीहरूको स्थानमा सातै प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भइसकेका छन् । जसअनुसार कोशी प्रदेशबाट एमालेकी रुक्मिणी कोइराला र नेपाली कांग्रेसका कृष्ण सिटौला विजयी भएका छन् । 

यस्तै, मधेस प्रदेशको दुई सिटमा कांग्रेसका आनन्दप्रसाद ढुंगाना र जनता समाजवादी पार्टीकी पूजा चौधरी निर्वाचित भएका छन् । 

बाग्मतीमा महिलातर्फ कांग्रेसकी विष्णुदेवी पुडासैनी, अन्यतर्फ कांग्रेसकै जितजंग बस्नेत, अपांगतातर्फ माओवादीका कृष्णप्रसाद अधिकारी र दलिततर्फ एकीकृत समाजवादीका घनश्याम रिजाल विजयी भए ।

यस्तै, गण्डकी प्रदेशमा नेपाली कांग्रेसका किरणबाबु श्रेष्ठ, महिला क्लस्टरमा नेकपा माओवादीबाट मनरुपा शर्मा र अपांगता क्लस्टरमा नेपाली कांग्रेसका पदम परियार निर्वाचित भए । 

लुम्बिनी प्रदेशमा महिलातर्फ कांग्रेसकी विष्णुकुमारी सापकोटा र माओवादीका झक्कुप्रसाद सुवेदी विजयी भए । 

कर्णालीमा अन्यतर्फ कांग्रेसका कृष्णबहादुर रोकाया, महिलातर्फ एकीकृत समाजवादीकी सावित्री मल्ल र दलिततर्फ माओवादी केन्द्रका विष्णुबहादुर विक निर्वाचित भएका छन् । 

सुदूरपश्चिममा महिलातर्फ माओवादीकी रेनु चन्द, अपांगतातर्फ कांग्रेसका नारायणदत्त भट्ट र अन्यतर्फ कांग्रेसकै बलदेव बोहरा विजयी भए ।आज निर्वाचित सदस्यहरूको कार्यकाल ६ वर्षको रहनेछ ।

राष्ट्रिय सभामा भित्रिएका सांसद्

रुक्मिणी कोइराला 
कृष्ण सिटौला
आनन्दप्रसाद ढुंगाना 
पूजा चौधरी 
विष्णुदेवी पुडासैनी
जितजंग बस्नेत
कृष्णप्रसाद अधिकारी 
घनश्याम रिजाल
किरणबाबु श्रेष्ठ
मनरुपा शर्मा 
पदम परियार 
विष्णुकुमारी सापकोटा 
झक्कुप्रसाद सुवेदी
कृष्णबहादुर रोकाया
सावित्री मल्ल 
विष्णुबहादुर विक
रेनु चन्द 
नारायणदत्त भट्ट 
बलदेव बोहरा

  • प्रकाशित मिति : ११ माघ, २०८० बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया