एसईईः शनिबार हुने परीक्षाको पनि प्रश्नपत्र बाहिरियो

काठमाडौं– लगातार दुई दिन प्रश्नपत्र बाहिरिएपछि विवादमा तानिएको एसईई परीक्षाको शनिबार हुने परीक्षाको प्रश्नपत्र पनि बाहिरिएको छ । शनिबार एसईई परीक्षामा स्वास्थ्य तथा जनसंख्याको परीक्षा हुँदै थियो । 

यसअघि विज्ञान र सामाजिक विषयका प्रश्नपत्र बाहिरिएका थिए । प्रश्नपत्र बाहिरिएपछि यी दुवै परीक्षा स्थगित भएका छन् । 

अब शनिबार हुने भनिएको परीक्षा के गर्ने भन्नेबारे शिक्षा मन्त्रालयले निर्णय लिन बाँकी नै छ ।  

शुक्रबार चाहिँ परीक्षा स्थगित भएपछि प्रदेश २ मा विद्यार्थीले आन्दोलन गरेका थिए । आन्दोलनका केही ठाउँमा प्रहरी र विद्यार्थीबीच झडप पनि भएको थियो । 

शिक्षा मन्त्रालयले प्रश्नपत्र बाहिरिनुको कारणबारे बुझ्न प्रहरीलाई निर्देशन दिइसकेको छ । प्रारम्भिक अनुसन्धानमा सबै प्रश्नपत्र एकै पटक बाहिरिएको हो कि भन्ने आशंका गरिएको छ । 





  • प्रकाशित मिति : चैत १५, २०७५ शुक्रबार १८:२२:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया