logo-img

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सहमतिबाटै टुंगाेमा पुर्याइने

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संक्रमणकालीन न्यायसम्बन्धी (टिआसी) विधेयक १२ बुँदे सम्झौताको जगमा टेकेर सहमतिबाटै टुंगाेमा पुर्याउनुपर्ने बताएका छन् । १२ बुँदे सझौताका मुख्य पक्ष तीन दल नेपाली कांग्रेस, नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी)मा संक्रमणकालीन न्यायलाई टुंगाेमा पुर्याउने जिम्मेवारी रहेको उल्लेख गरे । 

नेपाल प्रेस युनियन रुपन्देही शाखाले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री गुरुङले टिआरसी विधेयकका कारण १७ वर्षदेखि शान्तिप्रक्रिया पनि अड्किएकाले यसलाई टुंगाेमा पुर्याउन शीर्ष नेतृत्वलाई आफूले अनुरोध गरेको पनि बताए । 

उनले संसद्को आगामी अधिवेशनमा यो विधेयकलाई टुंगाेमा पुर्याउने गरी मुख्य दलहरुबीच सहमतिका लागि छलफल जारी रहेको बताए । 'मैले प्रमुख तीन दलका तीन नेतालाई पटक–पटक यो तपाईंहरूको सरोकारको विषय हो, यसको जस-अपजस दुवै तपाईंहरुले नै पाउने हो भन्दै आएको छु,' मन्त्री गुरुङले भने, 'यसमा केही विषयमा मात्रै मतभिन्नता छ, संसद्को आगामी अधिवेशनमा सहमति नभए प्रक्रियागत ढंगले टुंगाेमा पुग्छ ।'

नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका मन्त्री गुरुङले वर्तमान सरकार पुनः गठनको विषय प्रधानमन्त्रीको अधिकारको विषय भए पनि यो गठबन्धनको सरकार भएकाले गठबन्धनका शीर्ष नेताबीच छलफल हुँदा तत्काल फेरबदल आवश्यक नरहेको निष्कर्षमा पुगिएको बताए । 

आगामी संसद् अधिवेशन विधेयक अधिवेशन हुने र सरकारले छिट्टै संघीय निजामती ऐन, शिक्षा विधेयक, प्रहरी समायोजन विधेयकजस्ता महत्वपूर्ण विधेयक टुंगाेङ्गोमा पुर्याउने उनले स्पष्ट पारे । 





  • प्रकाशित मिति : माघ १७, २०८० बुधबार १६:४:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया