७१ वर्षकी क्यामरुनमा अनौठो रोगः हात काट्दा पनि महसुस हुँदैन दुखाइ

एजेन्सी— पछिल्लो समय एउटा अनौठो रोगका कारण कहिल्यै दुःखको महसुस नगरेकी ७१ वर्षकी क्यामरुनको समाचार अन्तर्राष्ट्रिय मिडियामा खुबै छाएको छ । यस्तो हुनुको पछाडि उनको शरीरमा भएको जीन परिवर्तन हो । क्यामरुनलाई त शरीरमा त्यति बेला मात्र पोलेको जस्तो अनुभूति हुन्छ जब उनी डढेको मासुको गन्ध सँघ्छिन् । 

वैज्ञानिकहरुका अनुसार यस्तो समस्या लाखौंमा एक जनालाई मात्र देखिन्छ ।

क्यामरुनलाई यस्तो भएको विषयमा त्यति बेला मात्र बाहिर आयो जब उनको हिप रिप्लेसमेन्ट पछि चिकित्सकहरुले दुखाइ कम प्यारासिटामोल खाने सल्लाह दिए । तर, क्यामरुनले आफूलाई दुखाइ महसुस नहुने र कतै मासु पोलिरहेको गन्ध आए शरीर नै जलेको जस्तो महसुस हुने बताइन् । 

उनले यस्तो बताएपछि लन्डनका वैज्ञानिकहरुले उनको जेनेटिक टेस्ट गरे । र, पत्ता लाग्यो– क्यामरुनको शरीरमा दुइै जीनको परिवर्तन भइरहेको रहेछ । यसका कारण उनको शरीरमा घाउहरु छिटो निको भइरहेका थिए । यसका कारण उनले पेनकिलरहरु खानु पनि परेन । 

यो परीक्षण लन्डनको युनिभर्सिटी कलेज अफ लन्डनमा गरिएको हो । अब क्यामरुनमा विकास भएको नयाँ जिनले कस्तो काम गर्छ भन्ने विषयमा अध्ययन गर्न वैज्ञानिहरु जुटेका छन् । 

क्यामरुनले चाहिँ आफूलाई आठ वर्षको हुँदा देखि नै शरीरमा अंगहरुमा कुनै दुखाइ महसुस नभएको बताएकी छिन् । आफ्नो हात काटिँदा समेत आफूलाई दुखाइ महसुस नहुने उनले बताएकी छिन् । तर, क्यामरुन ससाना कुराहरु चाहिँ छिटो भुल्ने गर्छिन् । 





  • प्रकाशित मिति : चैत १६, २०७५ शनिबार १२:४२:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया