फुलहमलाई हराउँदै सिटी शीर्ष स्थानमा

एजेन्सी— लगातार सात पटक पराजय भोगिसकेको फुलहमलाई २—० ले हराउँदै म्यानचेस्टर सिटी इग्ंिलस प्रिमियर लिग (इपिएल)को अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । 

खेल सुरु भएको पाँच मिनेटमा नै सिटीले फुलहमविरुद्ध एक गोल हानिसकेको थियो । बर्नाडो सिल्भाको यो गोलसँग खेललाई लिड गरिरहेको सिटीले खेलको अन्तिम १५ मिनेटमा १० पटक प्रहार गर्यो । र, यही १० मध्ये एक प्रहार सर्जियो अगुएरोको एक प्रहार चाहिँ गोलमा परिणत भयो । 

खेलमा फुलहमले निकै धेरै प्रयास गरे पनि गोल गर्न सकेन । 

यो खेल जितेसँगै लिभरपुलभन्दा एक अंकले अगाडि हुँदै सिटी अंक तालिकाको शीर्ष स्थानमा पुगेको हो । 
 





  • प्रकाशित मिति : चैत १६, २०७५ शनिबार २२:५५:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया