मोटरसाइकल आपसमा ठोक्किँदा तीनको मृत्यु

राजापुर– बर्दियाको बारबर्दिया नगरपालिकामा शनिबार अपराह्न मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु भएको छ ।

नगरपालिका–९ स्थित बनगाईमा भएको दुघर्टनामा घाइते भएका मधुवन नगरपालिका–१ का २१ वर्षीय सुरज चौधरी, १४ वर्षीया कृष्णा चौधरी र २३ वर्षीय खगेन्द्र बस्नेतको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो । 

सुरज चौधरीले चलाएको भे८प ६९६८ नम्बरको मोटरसाइकल र खगेन्द्र बस्नेतले चलाएको बा ९१ प ९३७७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी बर्दियाले जनाएकोे छ ।

तीव्रगतिका कारण मोटरसाइकल ठोक्किएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : चैत १७, २०७५ आइतबार ११:५६:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया