प्रदेश २ को क्याबिनेट नै उद्धार कार्यमा

काठमाडौं– आइतबार राती आएको हावाहुरीले प्रभावित गरेका क्षेत्रहरुको अवलोकन तथा उद्धार कार्यमा जुट्न प्रदेश २ को क्याबिनेट नै बढी प्रभावित क्षेत्रतर्फ लागेको छ । 

सोमबार विहान आकस्मिक बैठक बसी क्याबिनेटले मृतकका परिवारलाई जनही तीन लाख दिने र घाइतेहरुको उपचारका लागि सरकारले खर्च व्यहोर्ने निर्णय गरेको थियो । 

जनकपुरबाट फरक धारको सम्पर्कमा आएका मुख्यमन्त्री लालबाबु राउतका प्रेस संयोजक दीपक यादवका अनुसार अहिले प्रदेश दुईका सबै मन्त्रीहरु स्थलगत निरिक्षणमा निस्किएका छन् । उनका अनुसार मुख्यमन्त्री लालबाबु राउतसहित अन्य मन्त्रीहरु सबैभन्दा पहिले कलैया पुग्दै छन् । ‘कलैया अस्पतालमा जाने र प्रभावित गाउँहरुमा जाने योजनाअनुरुप हामी कलैया पुग्नै लागेका छौँ,’ यादवले टेलिफोन कुराकानीमा भने, ‘तत्काल राहत तथा उद्धार के गर्न सकिन्छ भन्नेमा हामी केन्द्रित भएका छौँ ।’

यादवले अहिले तत्काल चिकित्सकको समस्या भएको तर मुख्यमन्त्री राउतले प्रदेशका सबै जिल्लाका जिल्ला प्रमुखहरुलाई फोन गरेर आवश्यक परेका ठाउँमा चिकित्सकहरु पठाउन अनुरोध गरिसकेकेको बताए । यादवले राति देखि नै उद्धार कार्य सुरु भएको र सोमबार विहान पनि केही घाइतेहरुको जीवितै उद्धार गरिएको बताए ।

प्रदेश सरकारको यो टोली आज नै वीरगन्जसम्म पनि पुग्ने यादवले जानकारी दिए । 

आइतबार राती आएको हावाहुरीका कारण बारा र पर्सामा मृत्यु हुनेको संख्या ३१ पुगिसकेको छ । घाइते भएर अस्पतालमा भर्ना भएका कतिपयको अवस्था गम्भीर भएकाले मृतकको संख्या बढ्न सक्ने बताइएको छ । अहिले त्यहाँका अस्पतालहरु खचाखच भरिएको र चिकित्सकको अभाव भएको बताइएको छ । 





  • प्रकाशित मिति : चैत १८, २०७५ साेमबार ९:२३:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया