काठमाडाैं— प्रधानमन्त्री केपी शर्मा ओली आजका सबै कार्यक्रम स्थगित गरेर हावाहुरी प्रभावित जिल्लाकाे अवलाेकनमा जाने भएका छन् । उनी बारा जान लागेकाे उनकाे नीजि सचिवालयले जनाएकाे छ ।
दुई दिने कार्यक्रमहरुका लागि झापा पुगेका ओलीले त्यहाँ निर्धारित यसअघिका सबै कार्यक्रम स्थगित गरेका छन् ।
ओलीका प्रेस संयाेजक चेतन अधिकारीले फरक धारलाई बताएअनुसार ओली झापाबाट साेझै बारा जानेछन् ।
उनले यसअघि उद्धार कार्यमा जुट्न सुरक्षा निकाय र पार्टी पंक्तिलाई निर्देशन दिइसकेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।