logo-img

कांग्रेसबाट निर्वाचित वडाअध्यक्षदेखि मन्त्रीसम्मको सम्पत्ति छानबिन गर्नुपर्छ : उपसभापति गुरुङ
क्रोनी क्यापिटालिजमका कारण नेता व्यापारीजस्ता व्यापारी नेताजस्ता देखिए

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेपाली कांग्रेसबाट निर्वाचित वडाअध्यक्षदेखि मन्त्रीसम्मको सम्पती छानविन गर्नुपर्ने बताएका छन् । 

सोमबार नेपाली कांग्रेसको महासमिति बैठक उद्घाटन सत्रमा बोल्दै उपसभापति गुरुङले पार्टीबाट निर्वाचित वडाअध्यक्षदेखि आफूजस्ता मन्त्रीहरुसम्मका सम्पत्ति छानबिन गर्नुपर्ने प्रस्ताव महासमितिले पारित गर्नुपर्ने बताए । उनले महासमिति बैठकले यस्तो प्रस्ताव पारित गरेमा पार्टीले आगामी निर्वाचनमा बहुमत ल्याउने दाबी गरे । 



क्रोनी क्यापिटालिजमका कारणले गर्दा नेताहरु व्यापारीजस्ता व्यापारीहरु नेताजस्ता देखिएका बताउँदै उनले महासमिति बैठक क्रोनी क्यापिटालिजमका विरुद्धमा एक ठाउँमा उभिनुपर्ने बताए । भ्रष्टाचारका कारण आर्थिक सुशासन कायम गर्न नसकिएको बताउँदै उनले भ्रष्टाचार रहेसम्म वर्गीय असमानता कायम रहने बताए । 

उपसभापति गुरुङले पार्टीको संगठनात्मक संरचना कस्तो बनाउने भन्ने विषयमा महासमिति बैठकले उपयुक्त निर्णय गर्नुपर्ने बताए । केन्द्रीय समिति बैठकले गरेका निर्णयहरुलाई महासमिति बैठकले सच्याउन पनि सक्ने उनको भनाइ छ ।





  • प्रकाशित मिति : फागुन ७, २०८० साेमबार १७:५५:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया