बारा पर्सामा पठायो स्वास्थ्य मन्त्रालयले टोली

काठमाडौं— स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हावाहुरीबाट प्रभावितको उद्दारका लागि एक चिकित्सकीय टोली हावाहुरी प्रभावित जिल्लामा पठाउने निर्णय गरेको छ । मन्त्रालयमा बसेको आकस्मिक बैठकबाट यो निर्णय भएको हो । निर्णयअनुसार डा रमेश खरेलको नेतृत्वको टोली हावाहुरी प्रभावित क्षेत्रका लागि हिँडिसकेको छ । 

मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेका अनुसार मन्त्रालयले थप सहयोग छिट्टै पठाउने छ । ‘आवश्यक परेको खण्डमा यहाँबाट सबै सहयोग गर्ने कुरा भएको छ,’ उनले भने । घिमिरेलगायत स्वास्थ्यमन्त्री उपेन्द्र यादव, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी पर्सा पुगिसकेका छन् । 

आइतबार साँझ हावाहुरीका कारण ज्यान गुमाएका ३१ जनामध्ये २७ जनाको सनाखत भएको छ । 
 






  • प्रकाशित मिति : चैत १८, २०७५ साेमबार १२:२:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया