प्रधानमन्त्री पुगे बारा, गरे हवाइ निरीक्षण

काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओली हावाहुरी प्रभावित क्षेत्रको निरीक्षणमा बारा पुगेका छन् । आज विहानै उनले झापामा यसअघि पूर्वनिर्धारित कार्यक्रहरु सबै स्थगन गरेका थिए । 

दुःखको समयमा कार्यक्रम हुँदैन भन्ने अभव्यिक्ति दिँदै झापाबाट प्रधानमन्त्री केपी शर्मा ओली सोझै बारा पुगेका हुन् ।

उनले राहत र उद्धारमा कुनै समस्या नहुन दिन निर्देशन दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली कलैयास्थित अस्पताल पुगेर घाइतेहरुको पनि स्वास्थ्यस्थितिबारे जानकारी लिए ।

यसबीच नेकपाका भातृ संगठनहरुले सरकारसँग हावाहुरीमा परि मृत्यु भएकाका परिवारलाई १० लाख सहयोग गर्न सरकारसँग आग्रह गरेका छन् । 

मधेश केन्द्रित जनमत पार्टीका अध्यक्ष सिके राउतले पनि मृतकका परिवारलाई जनही १० लाख दिन अनुरोध गरेका छन् । 

त्यस्तै, नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसदहरुको एक दिनको तलब हावाहुरी प्रभावित क्षेत्रमा राहतका लागि उपलब्ध गराइने भएको छ ।





  • प्रकाशित मिति : चैत १८, २०७५ साेमबार १५:४३:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया