तराईमा हावाहुरी: एकै परिवारका चारजनाको मृत्यु

बारा— बाराको ठेटा गाउँपालिका ३ पूर्णिया गाउँमा आइतबार राति आएको हावाहुरीमा एकै परिवारको चारजनाको मृत्यु भएकाे छ । हावाहुरी र भुमरीले इजहार मियाको घर भत्कायो । घरमा सुतिरहेका उनको पत्नी मिना खातुन, बुहारी सकिमा खातुन, नातिनीहरु रुख्सार खातुन र सम्सीदा खातुनको मृत्यु भएको हो ।

हावाहुरी चलेको बेला घर बाहिर रहेका छोरा हैदर अली घाइते मात्र भए । इजहार भने कामको सिलसिलामा जिल्ला बाहिर थिए । ‘यस्तो आँधी कहिल्यै देखेको थिएन,’ उनका छिमेकीले भने, ‘सोच्न नपाउँदै ठूलो विनास भइसकेको थियो ।’ उनले आफ्नो टोलमा मात्र ११ जनाको मृत्यु भएको बताए ।





  • प्रकाशित मिति : चैत १८, २०७५ साेमबार १६:१३:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया