हावाहुरीले विद्युत् प्राधिकरणलाई १०–१५ करोड क्षति

काठमाडौं– विद्युत् प्रधिकरणले आइतबार साँझ बारा–पर्सामा आएको हावाहुरीका कारण १० देखि १५ करोडको क्षति भएको प्रारम्भिक अनुमान गरेको छ । प्रधिकरणकाे अनुसार क्षतिको पूर्ण विवरण नआइसके पनि करिब २ हजार पोल र ट्रान्सफर्मरमा क्षति भएको अनुमान छ ।

कलैया वितरण केन्द्रको विद्युत् प्रणालीमा १ हजारदेखि १५ सय पोल लडेका र तार चुडिएका प्राधिकरणले बताएको छ । तार चुडिएका कारण सम्भावित दुर्घटना कम गर्न अहिले विरगञ्ज क्षेत्रमा विद्युत् सेवा बन्द गरिएको छ । 

हावाहुरीकै कारण परावनीपुर–वीरगञ्ज ६६ केभी डबल सर्किट लाइन र वीरगञ्ज–कलैया ३३ केभी लाइन क्षतिग्रस्त भएको प्राधिकरणले जनाएको छ । 

प्राधिकरणले भारतबाट विद्युत् आयात हुने १ सय ३२ केभी रक्सौल–परवानीपुर प्रसारण लाइन तथा ३३ केभी रक्सौल–वीरगञ्ज प्रसारण लाइन क्षतिग्रस्त भएको जानकारी दिएको छ ।





  • प्रकाशित मिति : चैत १८, २०७५ साेमबार १६:५०:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया