‘तथ्यांक सुरक्षित राख्न आफ्नै सामाजिक सञ्जाल बनाऔँ’

काठमाडौं– संसद्को विकास तथा प्रविधि समितिमा छलफलमा रहेको सूचना प्रविधिसम्बन्धी विधेयकमा २८ सांसदले ९ वटा संशोधन प्रस्ताव दर्ता गरेका छन् । यीमध्ये एउटा संशोधन प्रस्तावमा नेपालले आफ्नै सामाजिक सञ्जाल सञ्चालन गर्नुपर्ने उल्लेख छ । 

पहिलोपटक सामाजिक सञ्जाललाई पनि नियमनको दायरामा ल्याउने गरी आउन लागेको यस विधेयकबाट सामाजिक सञ्जालसम्बन्धी व्यवस्था नै हटाउन १८ सांसदले संशोधन दर्ता गराएका वेला नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भने सुरक्षित तथ्यांकका लागि नेपालले आफ्नै सामाजिक सञ्जाल विकास गर्न प्रस्ताव गरे । 

विधेयकको दफा ५८ मा संशोधन दर्ता गर्दै सांसद सुवालले ‘सुरक्षित तथ्यांकका लागि सरकारले आगामी ४ वर्षभित्र आफ्नै सामाजिक सञ्जाल विकास गर्नेछ’ भन्ने व्यवस्था राख्न प्रस्ताव गरेका हुन् । 





  • प्रकाशित मिति : चैत १८, २०७५ साेमबार १९:२:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया