फेसबुकले किन हटायो भारतीय कांग्रेससम्बद्ध ६८७ पेज तथा एकाउन्ट ?

नयाँदिल्ली– भारतीय लोकसभा चुनावको मुखमा फेसबुकले कांग्रेसको आइटी सेलसँग जोडिएका ६८७ वटा पेज तथा एकाउन्ट बन्द गरिदिएको छ । मंगलबार फेसबुकले ‘फेक’ र ‘स्पाम’ एकाउन्ट हेर्ने आफ्नो स्वचालित सिस्टमले यी पेज तथा एकाउन्ट हटाएको बताएको छ । 

फेसबुकका अनुसार यी पेज तथा एकाउन्टलाई फेक न्युज या कन्टेन्टका कारण नभई अप्रामाणिक व्यवहारका कारण कारबाही गरिएको हो । यसका अतिरिक्त फेसबुकले पाकिस्तानी सैन्यकर्मीहरुसँग जोडिएको १०३ फेसबुक र इन्स्टाग्राम पेज तथा एकाउन्ट बन्द गरिदिएको छ । 

यी एकाउन्टहरुलाई कारबाही गर्नुको कारणबारे फेसबुकका साइबर सुरक्षा प्रमुख न्याथनियल ग्लेचरले भनेका छन्, ‘पहिचान छिपाएर चलाइएका फेक एकाउन्टबाट गलत जानकारी सेयर भइरहेका थिए । जसले जनतालाई भ्रमित गरिरहेको थियो ।’ 

उनका अनुसार, यी एकाउन्ट तथा पेजबाट स्थानीय समाचारका साथै राजनीतिक खबरहरु पोस्ट भइरहेका थिए । यी खबरमा आगामी चुनाव, उम्मेदवारहरुका विचारका साथै बिजेपीका विरुद्ध प्रचार थिए । जाँचका क्रममा थाहा भयो कि यी एकाउन्ट कांग्रेसको आइटी सेलसँग सम्बन्धित थिए । 

कांग्रेसले यस खबरमाथि तत्काल कुनै प्रतिक्रिया नदिने र आफूले यसको सच्चाई पत्ता लगाउने बताएको छ । बिजेपीका नेताले भने यो ऐतिहासिक काम भएको टिप्पणी गरेका छन् । 





  • प्रकाशित मिति : चैत १८, २०७५ साेमबार १९:३१:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया