बिहारमा लालु यादवका छोरा ससुराविरुद्ध निर्वाचन लड्ने

एजेन्सी— बिहारका पूर्वमुख्यमन्त्री लालु यादवका छोरा तेज प्रतापले सोमबार लालु—राबडी मोर्चा पार्टीको घोषणा गरेका छन् । उनले यो पार्टी र राजद एउटै पार्टी भएको पनि बताएका छन् । उनले शिवहर तथा जहानाबादको लोकसभा सिटमा आफ्नो पार्टीले उम्मेदवारी दिने पनि बताएका छन् । र, उनी चाहिँ आफ्ना ससुरा चन्द्रिका रायविरुद्ध सारण सिटबाट निर्वाचन उठ्दै छन् । 

उनले भारतीय जनता पार्टीका नेताहरुले उनीहरुलाई एकआपसमा लडाउन खोजेको पनि आरोप लगाएका छन् । ‘मैले एक पटक भनेपछि त्यो कुरा फेर्दिनँ, म सारण सिटबाट निर्वाचनमा उठ्दै छु । त्यहाँ अरुलाई र बाहिरको मान्छेलाई टिकट दिने होइन,’ उनले भनेका छन्, ‘आमा राबडी पनि अब छपराबाट निर्वाचन लड्नेछिन् । त्यो हाम्रो पारम्परिक सिट हो ।’

तेजप्रतापले महागठबन्धनसँग कोही तीन सिट, कोही ५ सिट मागिरहेको खण्डमा आफूले २ सिट मागेर कुनै गल्ती नगरेको पनि बताएका छन् । 





  • प्रकाशित मिति : चैत १८, २०७५ साेमबार १९:५३:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया