आइसिसी क्रिकेट विश्वकप लिग–२ जारी सिरिजको अन्तिम खेलमा नेदरल्याण्ड्सविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ । नेपालले पहिलो विकेटको रूपमा विकेटकिपर आसिफ शेखलाई गुमाएको हो ।
उनी ८.३ ओभरमा व्यक्तिगत १७ रनमा आउट भए । आसिफलाई भिभियन किङ्माले क्याच आउट गराए । नेपालले नेदरल्याण्ड्सविरुद्ध पनि टस हारेर पहिला ब्याटिङ गरिरहेको हो । नेपालले आज प्लेइङ–११ मा दुई खेलाडी परिवर्तन गरेको छ ।
नेपालले आज सोमपाल कामी र देव खनाललाई विश्राम दिएर आरिफ शेख र गुलशन झालाई मौका दिएको छ ।
नेपालको प्लेइङ–११ : कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), अनिल साह, रोहितकुमार पौडेल (कप्तान), कुशल मल्ल, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, आरिफ शेख, करण केसी र ललितनारायण राजवंशी ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।