राहत बाँड्न बारा–पर्सा जाँदै प्रचण्ड

काठमाडौं– रत्तारुढ नेकपाका अध्यक्ष प्रचण्ड हावाहुरी प्रभावित क्षेत्रको निरीक्षणमा जान लागेका छन् । बारा र पर्साको हुरी प्रभावित क्षेत्रको अवस्था बुझ्न प्रचण्ड अहिले ११ बजे त्यसतर्फ जान लागेको उनको सचिवालयले जनाएको छ । 

सचिवालयका अनुसार, प्रचण्डले हावाहुरी पीडितको अवस्थाबारे सुरुमा बारा पुगेर जानकारी लिनेछन् । त्यसपछि, पर्सा जाने कार्यक्रम छ । उनले पीडित परिवारसँग भेटघाट गरी राहत वितरण गर्नेछन् ।

यसअघि, सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले हावाहुरी प्रभावित क्षेत्रको हवाई निरीक्षण गरेका थिए । उनले अस्पताल पुगेर घाइतेलाई भेटेका थिए ।

विभिन्न दलका भ्रातृसंगठन भने सोमबार नै राहत तथा उद्धारका लागि प्रभावित क्षेत्र पुगिसकेका छन् । वाइसियलले संकलन गरेको राहत प्रचण्डको हातबाट वितरण गर्ने कार्यक्रम छ ।

आइतबार आएको हावाहुरीले बारामा सबैभन्दा ठूलो जन–धनको क्षति पुगेको छ । पर्सामा पनि क्षति छ । गृह मन्त्रालयको पछिल्लो जानकारीअनुसार अहिलेसम्म २७ जनाको ज्यान गएको छ । घर भत्किएकाले पीडितको अवस्था कष्टकर छ ।





  • प्रकाशित मिति : चैत १९, २०७५ मंगलबार ८:२४:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया