ट्रिपरले लियो प्राध्यापकको ज्यान

बुटवल– पूर्व–पश्चिम राजमार्गमा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक प्राध्यापकको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल धागो कारखानानजिकै लु२ख २२२५ नम्बरको ट्रिपरले ठक्कर दिँदा लु२२प ४९७९ नम्बरको मोटरसाइकलमा सवार प्राध्यापक डोलराज अर्यालको ज्यान गएको हो ।

बुटवलबाट देवदहतर्फ जाँदै गर्दा विपरीत दिशाबाट आइरहेको ट्रिपरले ठक्कर दिएपछि गम्भीर घाइते भएका प्राध्यापक अर्याललाई  उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पुर्याइएको थियो । 

प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले दिएको जानकारीअनुसार उपचारकै क्रममा सोमबार राति ८ बजेतिर उनको मृत्यु भएको हो । 





  • प्रकाशित मिति : चैत १९, २०७५ मंगलबार ८:४६:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया