logo-img

विश्वविद्यालयमा ठाडो राजनीतिक हस्तक्षेप भइरहेको छ : रावल

राष्ट्रिय सभा सदस्य दिलकुमारी थापा रावलले विश्वविद्यालयभित्र ठाडो राजनीतिक हस्तक्षेप भइरहेको बताएकी छन् । सोमबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । 

उनले गुणस्तरीय र उच्च शिक्षाका लागि बिदेसिने विद्यार्थीहरूको सङ्ख्या भन्दै सरकारले त्यसमा आवश्यक ध्यान दिन जरुरी रहेको बताइन् । उनले चितवनमा रहेको कृषि तथा वन विश्वविद्यालय मुलुकको आवश्यकतामा आधारित प्राविधिक जनशक्ति उत्पादन गर्न र विश्वविद्यालयलाई प्राज्ञिक मर्यादा कायम राख्न नसकेको बताइन् । उनले विश्वविद्यालयको संरचनामा परिवर्तन र सुदृढीकरण गर्न ढिला भइसकेको पनि बताइन् । 

उनले भनिन्, ‘पछिल्लो समय गुणस्तरीय र उच्च शिक्षाका लागि बिदेसिने विद्यार्थीहरूको सङ्ख्या बढिरहेको छ । चितवनमा रहेको कृषि तथा वन विश्वविद्यालय मुलुकको आवश्यकतामा आधारित प्राविधिक जनशक्ति उत्पादन गर्न र विश्वविद्यालयलाई प्राज्ञिक मर्यादा कायम राख्न सकेका देखिँदैन । विश्वविद्यालयभित्र ठाडो राजनीतिक हस्तक्षेप देखिन्छ । त्यसैले विश्वविद्यालयको संरचनामा परिवर्तन र सुदृढीकरण गर्न ढिला भइसकेको छ ।’

उनले विश्वविद्यालयको प्रभावकारी व्यवस्थापनमार्फत पनि विद्यार्थीहरूलाई स्वदेशमै रोक्न सकिने बताइन् ।  





  • प्रकाशित मिति : फागुन १४, २०८० साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया