हावाहुरीले बाराका १५ सय घरमा क्षति पुगेको रेडक्रसकाे प्रारम्भिक विवरण

काठमाडाैं– हावाहुरीका कारण बारामा १ हजार ५ सय २ घरधुरी प्रभावित भएको प्रारम्भिक तथ्याङ्क रेडक्रसले सार्वजनिक गरेकाे छ । 

रेडक्रस बाराका शाखाले प्रारम्भिक अध्ययनको तथ्याङ्क आएको जानकारी दिएकाे हाे । याे तथ्याङक प्रारम्भिक मात्रै भएकाे र विस्तृत विवरण संकलन गर्न आज पनि स्वयंसेवकहरु परिचालन गरेकाे बताएकाे छ । 

बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले क्षतिको यकिन विवरण संकलन र राहत वितरणकाे काम भइरहेको बताएका छन् । 

हावाहुरीले बाराको फेटा गाउँपालिका १ र कलैया–१८ काे  भलुही भरवलिया गाउँमा बढी क्षति पुर्याएकाे छ । फेटा गाउँपालिकाकाे पुरैनियाँ गाछीटोल र  पुरैनिया टोलमा मानवीय एवं भौतिक क्षति बढी देखिएको छ ।

बाराकाे तुलनामा पर्सा जिल्ला क्षति कम छ । 

आइतबार साँझ आएकाे हावाहुरीले बारा र पर्सा जिल्लामा २९ जनाकाे मृत्यु भएकाे थियाे । 





  • प्रकाशित मिति : चैत १९, २०७५ मंगलबार १२:२७:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया