न्युज ट्याब बनाउने तयारीमा छ फेसबुक

एजेन्सी– फेसबुकका मुख्य कार्यकारी अधिकृत मार्क जुकरबर्गले फेसबुकले न्युज ट्याब बनाउन लागिरहेको मंगलबार बताएका छन् । 

‘उच्च गुणस्तर र विश्वसनिय’ पत्रकारितालाई आर्थिक रुपमा सहयाेग गर्ने उद्देश्यले उक्त ट्याब बनाउन लागिएको जुकरबर्गले जानकारी दिएका हुन् । 

उच्च गुणस्तरिय समाचार र सूचनाका लागि फेसबुक प्रकाशकलाई भुक्तानी पनि दिने फेसबुकले बताएको छ । 

मार्क जुकरबर्गले माथियास डफनर र जर्मनीको मिडिया एक्सल स्प्रिंगरसँग प्रविधि एवं समाजको भविष्यसम्बन्धी कार्यक्रमका क्रममा उनले यसबारेमा बताएका हुन् । 

जुकरबर्गका अनुसार १० देखि १५ प्रतिशत फेसबुक प्रयोगकर्ता न्युज ट्याब मन पराउँनेछन् । यो ट्याबको लागि कुनै पनि किसिमको चार्ज नलिने जुकरबर्गको भनाइ छ । ‘यो हाम्रो लागि कुनै लाभको मुद्दा होइन् ।’ जुकरबर्गले भने । 


 





  • प्रकाशित मिति : चैत १९, २०७५ मंगलबार १३:५६:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया