साउदीकाे तेल कम्पनी अरामकाे नाफा एक वर्षमा १११ अर्ब डलर, ताेडिए सबै रेकर्ड्स

एजेन्सी— साउदी अरबकाे तेल कम्पनी अरामकाेकाे कमाई लामाे समयदेखि रहस्यका रुपमा लिइन्थ्याे । किनकि साउदी सरकारले याे कुरा सधैं लुकाएर राख्थ्याे । 

तर साेमबार अरामकाेले याे रहस्यकाे पर्दा खाेलेकाे छ र भनेकाे छ कि गत वर्ष उसले १११.१ अर्ब डलर नाफा गरेकाे थियाे । याे अहिलेसम्मका लागि कुनै पनि कम्पनीले कमाएकाे भन्दा धेरै ठूलाे नाफा हाे । 

यसअघि सबैभन्दा धेरै कमाएकाे भनिएकाे एप्पलकाे नाफा सन् २०१८ मा ५९.५ अर्ब डलर थियाे । 

अरामकोले यसरी आफ्नो हरहिसाब सार्वजनिक गर्नुलाई उसको रणनीतिक चालको रुपमा टिप्पणी गरिएको छ । किनकि अरामको आफ्नो ब्रान्ड बेचेर १५ अर्ब डलर पूँजी जुटाउने तयारी गरिरहेको छ । साउदी अरबमा अहिले तेल र ग्यासको राजश्वमाथिको निर्भरता कम गर्ने प्रयास भइरहेको छ ।

साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले साउदीको अर्थव्यवस्था विविधताले भरिओस् भन्ने चाहना राखेकाले पनि यो कदम चालिएको हुनसक्ने अनुमान छ । अब साउदीले आइटी क्षेत्रमा लगानी गर्ने सम्भावना बढी छ । 

सन् २०१८ मा अरामकोले साउदी सरकारलाई १६० अर्ब डलर रकम दिएको थियो । उसले पाँच प्रतिशत सेयर बेच्ने योजना पनि बनाएको छ । यसलाई अहिलेसम्मकै सबैभन्दा ठूलो आइपिओको रुपमा चित्रण पनि गरिएको छ । 





  • प्रकाशित मिति : चैत १९, २०७५ मंगलबार १९:२४:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया