ब्रेक्जिटः प्रधानमन्त्री मेले मागिन् विपक्षीका सहयोग, कोर्बिनसँग वार्ता गर्ने

एजेन्सी — बेलायती प्रधानमन्त्री थेरेसा मेले इयुबाट बेलायत निस्कने प्रक्रिया (ब्रेक्जिट)लाई टुङ्गोमा पुर्याउन विपक्षी दलसँग सहयोग मागेकी छिन् । उनले अनुरोध गरेपछि उनको र विपक्षी नेता जेरेमी कोर्बिनबीच भेटघाट हुँदै छ । यो भेटघाटपछि ब्रेक्जिटबारे अहिले भइरहेको समस्या समाधान हुन सक्ने अनुमान गरिएको छ । 

प्रधानमन्त्री मेले चाहिँ आफ्नो र कोर्बिनको भेटले पक्कै पनि इयुबाट बाहिरिने प्रक्रियालाई सहज हुने र सांसद्हरुको विकल्पमाथि समर्थन हुने विश्वास लिएको बताएकी छिन् । मेले आफ्नो कोर्बिनसँग भेट्ने योजना भएको र इयुका नेताहरुलाई ब्रेक्जिट केही पर धकेल्न अनुरोध गर्ने योजना बनाएको कुरा बुधबार सार्वजनिक गरेकी हुन् । 

यसअघि बेलायत इयुबाट २९ मार्चमा अलग्गिइसक्ने बताइएको थियो । तर, मेको प्रस्तावमाथि समर्थन जुट्न नसकेपछि केही समयका लागि यो प्रक्रिया लम्ब्याउन सहमति भएको थियो । यो सहमतिअनुसार बेलायतले १२ मेसम्ममा अलग्गिने प्रक्रिया सकिसकेको हुनु पर्नेछ ।

उता, मेको प्रस्ताव आएपछि आफू खुसी भएको र अब एउटा विकल्प निस्किने कोर्बिनले बताएका छन् । उनले ब्रेक्जिट प्रक्रिया छिटो टुङ्ग्याउन आफू तयार भएको पनि बताएका छन् । 





  • प्रकाशित मिति : चैत २०, २०७५ बुधबार ११:१६:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया