शुक्रबारदेखि बजारमा सामसुङको फाइभ जी स्मार्टफोन

अप्रिल ५ देखि दक्षिण कोरियाली बजारमा सामसुङको ग्यालेक्सी एस टेन स्मार्टफोनको फाइभ जी संस्करण उपलब्ध हुने भएको छ । स्मार्टफोन मेजेस्टिक ब्ल्याक, रोयल गोल्ड र क्राउन सिल्भर गरी ३ वटा रङमा उपलब्ध हुने सामसुङले जनाएको छ ।

सामसुङले यो वर्षभरिमा पहिलो चरणमा घरेलु बजारमा पठाएसँगै विश्वभर नै फाइभ जी नेटवर्कयुक्त ग्यालेक्सी एस १० उपलब्ध गराउने बताएको छ । दक्षिण कोरियाका व्यावसायिक मोबाइल नेटवर्कमा सन् २०१८ को डिसेम्बर १ देखि नै फाइभ जी नेटवर्क उपलब्ध छ ।

यस्ता छन् विशेषता

६.७ इन्चको क्वाड एचडी प्लस कभर्ड डाइनामिक एमोलेड स्क्रिनयुक्त यसमा एन्ड्रोइड नाइन पाइ अपरेटिङ सिस्टम छ । यसमा ८ जिबी र्याम र २५६ जिबी र ५१२ जिबी गरी दुईवटा स्टोरेज अप्सनमा उपलब्ध छ ।

यो स्मार्टफोनमा रियर क्यामरामा एउटा १२ मेगापिक्सेलको टेलिफोटो लेन्सयुक्त क्यामरा रहेको छ । १२ मेगापिक्सेलको सुपर स्पिड डुअल पिक्सेल वाइड एंगल लेन्स र अर्को १६ मेगापिक्सेल अल्ट्रावाइड लेन्सयुक्त क्यामरा उपलब्ध छ । त्यस्तै १० मेगापिक्सेलको डुअल पिक्सेल सेल्फी क्यामरा रहेको छ ।

यो फोनमा ४५०० मिलि एम्पियर आवर क्षमताको ब्याट्री रहेको छ । यसमा फास्ट वायरलेस चार्जिङ टु प्रविधि रहेको छ । यो स्मार्टफोनले एनएफसी पेमेन्ट सपोर्ट गर्नुका साथै सेक्योरिटीका रूपमा फेस र फिंगरप्रिन्ट सेन्सर दुवै बायोमेट्रिक सेन्सर उपलब्ध छ ।



कम्पनीको पहिलो फाइभ जी स्मार्टफोन बजारमा ल्याउन लागेको र आगामी दिनमा विश्वभरकै प्रयोगकर्ताका लागि यो उपलब्ध हुने कम्पनीले जनाएको छ ।



  • प्रकाशित मिति : चैत २०, २०७५ बुधबार १४:५३:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया