पाँच वर्षभित्रमा सहकारीको संख्या ५० प्रतिशतमा झारिने : मन्त्री अर्याल

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सहकारीमा आबद्ध जनशक्तिलाई सीपमूलक तालिम दिएर उत्पादनमा लगाउन आग्रह गरेकी छिन् । ६२ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री अर्यालले यस्तो आग्रह गरेकी हुन् ।  

व्यावसायिक सहकारीलाई मन्त्रालयले प्रोत्साहनस्वरूप अनुदान दिने व्यवस्था गरेको उल्लेख गर्दै मन्त्री अर्यालले सहकारीमार्फत मान्छेको जीवनस्तर सुधार्नका निम्ति आग्रह गरिन् । ‘सहकारीमार्फत मान्छेको जीवनस्तर सुधार्ने हो, तपाईंहरू त्यसतर्फ लाग्नुस्,’ मन्त्री अर्यालले भनिन्, ‘सहकारीमा आबद्ध सदस्यलाई सीपमूलक तालिम दिएर व्यावसायीक बनाउनुस् । उनीहरूलाई उत्पादनमा वृद्धि गर्ने कार्यमा लगाउनुस् ।’

सहकारी आफ्ना सदस्यहरुको जीवन बदल्ने अस्त्र बन्नुपर्ने भन्दै मन्त्री अर्यालले सहकारी अब उद्योग, पर्यटन, कृषिमा जानुपर्ने  बताइन् । अहिले सहकारीको संख्या आवश्यकताभन्दा धेरै भएको गुनासो आइरहेकाले त्यसको मर्जिङ गर्ने कार्यमा मन्त्रालय अगाडि बढेको उनको भनाइ छ । 
 
अबको पाँच वर्षमा अहिलेका सहकारीको संख्या ५० प्रतिशतमा झार्ने योजनामा मन्त्रालय अगाडि बढेको बताउँदै उनले सहकारी बढीभन्दा बढी गाउँ केन्द्रित हुनुपर्ने बताइन् । 





  • प्रकाशित मिति : चैत २०, २०७५ बुधबार १५:४३:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया